एजेन्सी । केलियन एम्बाप्पेले फेरी एक पटक नायकत्व प्रर्दशन गरेपछि फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले काएनलाई पराजित गर्न सफल भएको छ ।
शनिबार राति भएको खेलमा पीएसजीले काएनलाई २–१ गोल अन्तरले पराजित गर्यो । पीएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरे ।
५६ औ मिनेटमा कासिमिर निन्गोल गोल गर्दै घरेलु टोली काएनलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि गोल गर्दै एम्बाप्पे खेल बराबरीमा ल्याए । खेल सकिन तीन मिनेट अगाडी एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई महत्वपुर्ण तीन अंक दिलाए ।
पीएसजीले लिग वानमा २० अंकको अग्रता कायम राख्न सफल भएको छ । च्याम्पियन्स लिगमा अन्तिम १६ को दोस्रो लेगको खेलमा पीएसजीले म्यानचेष्टर युनाईटेडसंग खेल्दैछ ।
पीएसजीले २६ खेलबाट ७१ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५१ अंक छ । काएन २० अंक सहित रेलिगेशन जोनमा रहेको छ ।