एजेन्सी । स्पेनिस ला लागि फुटबलको दोस्रो 'एल क्लासिको' खेलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ । चार दिनको अन्तरमा भएको दोस्रो 'एल क्लासिको' खेलमा बार्सिलोनाले रियल मड्रिडलाई १–० गोल अन्तरले हराएको हो ।
जितसंगै बार्सिलोनाले रियलको उपाधि सम्भावनालाई निकै कठिन बनाई दिएको छ । बार्सिलोनाले ला लिगमा १० अंकको अग्रता लिन सफल भएको छ ।
बार्साको जितमा ईभान राकिटिकले विजयी गोल गरे । घरेलु मैदानमा रियलले बराबरीको कोशिश गरेपनि त्यो सफल हुन सकेन । चार दिन अघि कोपा डेल रे फुटबलमा बार्सासंग ब्यहोरेको हारको बदला लिने अवसर रियलले गुमाउन पुग्यो । दाेस्राे सेमिफाइनलमा रियल पराजित हुँदै रियल प्रतियाेगिताबाट बाहिरिएकाे थियाे ।
शीर्ष स्थानको बा र्साको २६ खेलबाट ६० अंक छ । रियल ४८ अंक सहित तेस्रो स्थानमा छ ।