काठमाडौं । एनसीएल वुमन्स टी–२० क्रिकेट लिगको खेलाडी दर्ताको समय थप गरिएको छ । खेलाडी दर्ताका लागि दिएको एक हप्ताको समय सकिएपछि आयोजकले थप चार दिन समय थप्ने निर्णय गरेको हो ।
अक्सनका आधारमा खेलाडी छनोट गर्ने प्रतियोगिताका लागि दिएको पहिलो एक हप्ताको समय आज (शनिबार) सकिएको थियो । भर्खरैमात्र महिला राष्ट्रिय क्रिकेट टिमका खेलाडी विश्वकपको एसियाली छनोट खेलर नेपाल फर्किएको र विभिन्न प्रदेशमा छनोट प्रतियोगिता चलिरहेको भन्दै आयोजकले फागुन २२ गतेसम्म खेलाडीले नाम दर्ता गर्न सक्ने जनाएको छ ।
एनसीएल स्पोर्टस प्रालीले आयोजना गर्ने प्रतियोगिता चैत १ देखि ९ सम्म विराटनगरको बैजनाथ क्रिकेट मैदानमा सुरु हुदैछ । प्रतियोगितामा चार टिमलाई फ्रेन्चाईज गरेर सञ्चालन गर्न लागिएको हो ।