एजेन्सी । घरेलु टोली भारतलाई पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले २ सय ३७ रनको लक्ष्य दिएको छ ।
हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २३६ रन बनायो ।
अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले ५० रनको अर्धशतकीय इनिङस खेले । यस्तै ग्लेन म्याक्सवेलले ४०, मार्कस स्टोइनेस ३७, एलेक्स केरी ३६ तथा नाथन कुन्टर नाइल २८ रन जोडे । यस्तै अस्टन टर्नरले २१ र पिटर ह्याण्ड्स्कम्बले १३ रन जोड्दा कप्तान एरोन फिन्च डक आउट भए ।
भारतका मोहमद सामी, जस्प्रित बुम्रा र कुलदिप यादवले समान २/२ विकेट हात लिए ।
यस सिरिज दुवै टोलीका लागि सन् २०१९ को विश्वकप अघिको अन्तिम एकदिवसीय सिरिज पनि हो । यसै सिरिजबाट दुवै टोलीले विश्वकप खेल्ने खेलाडीको टुंगो लगाउने छन् ।