एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका मिडफिल्डर माउरोनी फेलानीले चाईनिज सुपर लिगको डेब्यु खेलमा गोल गरेका छन् । शुक्रबार भएको खेलमा फेलानीले शान्डोङ लुनेङ्गले हात पारेको १–० को जितमा विजयी गोल गरे ।
उनले खेलको ५० औ मिनेटमा गोल गर्दै लिगमा सफल सुरुवात गरेका छन् ।
३१ बर्षका बेल्जियमका स्टारले शान्डोङ्गसंग गत महिनामात्र अनुबन्धन प्रक्रिया सकाएका थिए । उनी साँढे ५ बर्ष ओल्डट्रोफोर्डमा बसेर नयाँ गनत्व्यको रुपमा चीन रोजेका हुन् ।
म्यान युनाईटेडमा रहदाँ उनले १ सय ७७ खेलमा २२ गोल गरेका थिए । उनी सन् २०१४ मा एभर्टनबाट २७ मिलियन पाउण्डमा एभर्टन आएका थिए ।
म्यान युनाईटेडमा रहदाँ उनले एफ ए कप, ईपीएल कप र युरोपा लिग जितेका थिए ।