एजेन्सी । मैत्रिपुर्ण फुटबल खेलका लागि ब्राजिली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । स्टार स्ट्राईकर नेयमारलाई बाहिर राख्दै ब्राजिली टिमको घोषणा गरिएको हो । पैतलाको चोटका कारण पछिल्लो समय मैदान बाहिर रहदै आएका नेयमारले ब्राजिलबाट आसन्न दुई मैत्रिपुर्ण खेल गुमाउनेछन् ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले मार्च २३ मा पानामा र मार्च २६ मा चेक रिपब्लिकसंग प्रतिस्पर्धा गर्दैछ ।
टोलीमा रियल मड्रिडका युवा स्टार जुनियर भिनिसियसले स्थान बनाएका छन् । स्पेनिस महारथीका स्टारका भिनिसियस सिनियर टिमबाट पहिलो अन्तराष्ट्रिय डेब्युको नजिक छन् । स्पेनमा पहिलो सिजन उत्कृष्ट रुपमा बिताएका उनी क्लबका मुख्य खेलाडी हुन् ।
फ्रान्सेली क्लब पीएसजीका स्टार ड्यानी आल्भेसले समेत टोलीमा पुनरागमन गरेका छन् । विश्वकपमा चोट बोकेपछि उनी राष्ट्रिय टिम बाहिर रहदै आएका थिए ।
ब्राजिली टोली
गोलपिकर : एलिसन (लिभरपुल), इडरसन (म्यानचेष्टर सिटी), विभर्टन (पाल्मिरास)
सेन्टर ब्याक : ईन्डर मिलिटाओ (पोर्तो), मार्कुन्हस (पीएसजी), मिरान्डा (इन्टर मिलान), थिएगो शिल्भा (पीएसजी)
फुलब्याक : ड्यानी आल्भेस (पीएसजी), ड्यानिलो (म्यानचेष्टर सिटी), फिलिप लुईस (एट्लेटिको मड्रिड), एलेक्स स्यान्ड्रो (युभेन्ट्स)
मिडफिल्डर : आलन (नापोली), अर्तुरो (बार्सिलोना), क्यासमिरो (रियल मड्रिड), फाबिन्हो (लिभरपुल), फिलिप एन्डरसन (वेस्ट ह्याम), लुकास पाक्युटा (एसी मिलान), काउटिन्हो (बार्सिलोना)
फरवार्ड : एर्भटन (जिरिमियो), रोबर्टो फिमिन्हो (लिभरपुल), ग्याब्रियल जिसस (म्यान्चेष्टर सिटी), रिचार्डलिसन (एर्भटन), भिनिसियस जुनियर (रियल मड्रिड)