एजेन्सी । इङ्ग्लिश क्लब टोटेनहमका फरवार्ड सन ह्युङ मिनले लण्डन फुटबल अवार्डमा 'प्लेयर अफ दि इयर' अवार्ड जितेका छन् ।
इङ्ग्लिश प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सनले 'प्लेयर अफ दि इयर' अवार्ड हात पारेका हुन् । पुर्व फुटबलरहरु बोबी जामोरा, बोब विल्सन र टोनी कोट्टे रहेको छनोट समितिको सिफारिसमा सनले अवार्ड हात पारेका हुन् ।
दक्षिण कोरियाका २६ बर्षीय सनले यस सिजन क्लबका लागि ३४ खेलमा १६ गोल गरिसकेका छन् । सनको नेतृत्वमा दक्षिण कोरियाले एसियन गेम्समा स्वर्ण जितेको थियो ।
यस्तै टोटेनहमका प्रशिक्षक मौरीसियो पोचेटिनोले प्लेयर अफ दि म्यानेजर अवार्ड जितेका छन् ।