एजेन्सी । आक्रमक मिडफिल्डर ईभान राकिटिकले बार्सिलोना आफ्ना लागि उपयुक्त क्लब भएको बताएका छन् । क्रोएसियाका अन्तराष्ट्रिय खेलाडी राकिटिकले आफु बार्सिलोनामा खुसी रहेको बताएका हुन् ।
क्लबसंग राकिटिकको सम्झौता आगामी सन् २०२१ मा सकिदैछ । तर क्लबमा उनको भविष्यलाई लिएर विभिन्न अडकलबाजी सुरु भएको छ । पछिल्लो समय उनको नाम म्यान्चेष्टर युनाईटेड, आर्सनल, चेल्सी र पेरिस सेन्ट जर्मेन पीएसजीसंग जोडिएको छ ।
डच खेलाडी फ्रेन्की डि जोङ नेउक्याम्पमा आउने तय भएपछि राकिटिकको भविष्यलाई लिएर विभिन्न अडकलबाजी सूरु भएको छ । डच क्लब एजाक्सका मिडफिल्डर आगामी जुलाईमा बार्सिलोना आउने बिषयमा सहमती जुटेको छ ।
डच खेलाडी बार्सिलोना आउने तय भएपनि राकिटिकले क्लब छाड्ने कुनै योजना नभएको बताएका छन् ।
‘म स्पेन बस्न मन पराउँछु । म यहाँ खुसी छु ।’ उनले भनेका छन् ।
‘दुर्भाग्यवस, मैले अर्को पासपोर्टको बिषयमा सोधेको छैन । किनकी मसंगै दुई वटा यथावत छ । म यहाँ खुुसी छु र म ठिक छु ।’ उनले भने ।
राकिटिक सन् २०१४ मा सेभिल्लाबाट बार्सिलोना आएका थिए । उनले यस सिजन २४ ला लिगा म्याच खेलेका छन् । तर सबै प्रतियोगितामा ३८ म्याच खेलेका छन् ।
बार्सिलोनाबाट २ सय ५३ खेल खेल्दै उनले ३४ गोल गरेका छन् ।
राकिटिकले तीन ला लिगा उपाधि, च्याम्पियन्स लिग र युरोपा लिग उपाधि जितेका छन् । बार्सिलोनामा आएर उनले युएफा सुपर कप, क्लब विश्वकप र कोपा डेल रेको उपाधि समेत उचालेका थिए ।