एजेन्सी । भ्यालेन्सिया स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।
बिहिबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल बेटिसलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित भ्यालेन्सिया सेमिफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन रोड्रीगोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा रोड्रीगोले निर्णायक गोल गरे ।
यसअघि दुई टोलीबीचको पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको थियो ।
अब भ्यालेन्सियाले उपाधिका लागि बार्सिलोनासंग खेल्नेछ । बार्सिलोना रियल मड्रिडलाई हराएर फाइनल पुगिसकेको छ ।
फाइनल खेल मे २५ मा सेभियाको मैदानमा हुनेछ ।