एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसलाई युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले २ खेलको प्रतिबन्ध लगाएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत आयाक्सविरुद्ध भएको अन्तिम १६ को पहिलो लेगमा आयाक्सका खेलाडीलाई जानी जानी फल गरेपछि रामोस प्रतिबन्धमा परेको हो । घरेलु मैदानमा २-१ को जित निकालेको खेलमा पहेलो कार्डको लागि रामोसले जानी जानी फल गरेको युईएफएले जनाएको छ ।
रामोसले ८९ औं मिनेटमा आयाक्सका क्यास्पर डोल्बर्गलाई फल गरेका थिए । त्यसबेला रेफ्रीले रामोसलाई पहेलो कार्ड मात्र दिएका थिए । तर,युईएफएले अनुसन्धान गर्दा रामोस दोषी पाइएपछि २ खेलको प्रतिबन्ध लगाइएको हो ।
प्रतिबन्धसंगै रामोसले अन्तिम १६ को दोस्रो लेग खेल गुमाउने छन् । रामोसले त्यसपछिको अर्को एक खेल समेत गुमाउने छन्।