ललितपुर । विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको खेलमा च्यासल युथ क्लबसँग २ - १ ले पराजित भएपछि एपीएफ क्लब एक खेल बाँकी रहदै प्रतियोगिताबाट बाहिरिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा च्यासललाई जित दिलाउन सन्नी ब्यञ्जनकार र श्रेब तामाङ्गले एक एक गोल गरे । एपीएफका विश्व थापा मगरले एक गोल फर्काए ।
खेलको २६ औं मिनेटमा सन्नीले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए । खेलको ३१ औं मिनेटमा श्रेबले गोल गर्दै च्यासललाई २ - ० को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा एपीएफका विश्वले फ्रिकिकबाट गोल गरेपनि टोलीको हार जोगाउन सकेनन् ।
यो जितपछि समूह सी को च्यासलले ३ अंक जोडेको छ । लगातार दुई खेल गुमाएको एपीएफ अंकबिहिन रहेको छ । यो समूहमा ६ अंक जोडेको झापा ११ को दोस्रो चरण लगभग पक्का जस्तै बनेको छ । अब च्यासल र संकटा मध्ये एक टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । संकटाको पनि ३ अंक छ ।