काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्स पराजित भएको छ । बिहिबार राति भएको खेलमा लाहोर कराँची किंग्ससंग ५ विकेटले पराजित भएको हो ।
दुबईमा लाहोरले दिएको १३४ रनको लक्ष्य कराँचीले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
कराँचीका लागि लाइम स्टेफेनले सर्वाधिक ३८ रन जोडे । यस्तै इफ्तिखर अहमेदले अविजित ३३ तथा कप्तान इमाद वासिमले अविजित १९ रन बनाए ।
त्यस्तै कोलिन मुन्रोले १५, कोलिन इन्ग्रामले १२ र बाबर आजमले ११ रन बनाए । लाहोरका लागि सन्दीपले २ विकेट लिए ।
सन्दीपले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर २ विकेट लिए । सुरुवाती २ ओभरमा घातक बलिङ गर्दै ३ रन खर्चेर २ विकेट लिएका सन्दीपले तेस्रो र चौथो ओभरमा विकेट लिन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १३३ रन बनाएको थियो ।
लाहोरका लागि एबी डी भिलियर्सले सर्वाधिक ३३ रन जोडे । यस्तै सोहिल अख्तरले अविजित २९ रन जोड्दा कोरी एन्डरसनले २२ रन बनाए ।
हरिस सोहिलले २० रन बनाउदा कप्तान फकर जमान १८ रनमा आउट भए । कराँचीका इफ्तिखर अहमेदले २ विकेट लिए ।
लाहोरलाई हराएसंगै कराँचीले ७ खेलमा ६ अंक जोडेको छ । र, पाँचौ स्थानमा रहेको कराँचीले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ ।
लाहोरको पनि ७ खेलबाट ६ अंक नै रहेको छ । लाहोर चौथो स्थानमा रहेको छ ।