काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा अहिले कराँची किंग्ससंग प्रतिस्पर्धा गर्दैछ ।
दुबईमा लाहोरविरुद्ध कराँचीले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । कराँचीले फिल्डिङ रोजेपछि लाहोरले सुरुवातमा ब्याटिङ गर्दैछ ।
कराँचीविरुद्ध खेलमा सन्दीप लामिछाने प्लेईङ सेटमा परेका छन् । पीएसएलमा सन्दीपको यो चौथो खेल हो ।
सन्दीपले बुधबार क्वेटा ग्लाडियटर्सविरुद्ध मात्र १० रन खर्चिदै ४ विकेट हात पारेका थिए । सन्दीपले हालसम्म पीएसएलको ३ खेलमा ८ विकेट हात पारिसकेका छन् ।
अहिले दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
लाहोर र कराँचीबीचको पछिल्लो पाँच खेलमा दुवै टिमले समान २जित र समान २ हार व्यहोरेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।
यस संस्करणमा लाहोर र कराँचीको यो दोस्रो भेट हो । लिगको पहिलो भिडन्तमा कराँची २२ रनले पराजित भएको थियो ।
लिगमा सन्दीपको टिम लाहोर ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक जोडेर तालिकाको चौथो स्थानमा छ । कराँची ६ खेलमा २ जितसहित ४ अंक जोडेर तालिकाको पुछारमा रहेको छ ।
लाहोर कराँचीविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । कराँची पनि लाहोरलाई हराएर प्ले अफ सम्भावना जीवितै राख्न चाहन्छ ।