काठमाडौं । चौथो संस्करणको झापा गोल्डकप फुटबलको खेल तालिका सार्वजनीक भएको छ । झापाको डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा फागुन १८ गते आयोजक झापा ११ र सहारा पोखरा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
दोस्रो दिन फागुन १९ गते मोरङ ११ फुटबल क्लब र सशस्त्र प्रहरी वल एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
चौथो दिन फागुन २० गते क्वार्टरफाईनलको खेलमा झापा ११ र सहाराको विजेताले हङकङ नेप्लिज एकेडेमीसंग खेल्नेछ । फागुन २१ गते दोस्रो क्वार्टरफाईनलमा त्रिभुवन आर्मीले मोरङ र एपीएफको टोलीसंग प्रतिस्पर्धा गर्नेछ ।
फागुन २२ गते थ्री स्टार र नेपाल प्रहरी तथा फागुन २२ गते मनाङ मस्र्याङ्दी क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुनेछ ।
फाईनल खेल फागुन २७ गते हुनेछ । प्रतियोगिताका सबै खेल दिउँसो २ बजे सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।