एजेन्सी । घरेलु टोली वेष्ट इण्डिजविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले जित निकालेको छ । बुधबार राति भएको चौथो खेलमा इंग्ल्यान्डले वेष्ट इण्डिजलाई २९ रनले पराजित गरेको छ ।
सेन्ट जर्जमा इंग्ल्यान्डले दिएको ४१९ रनको फराकिलो लक्ष्य पछ्याएको वेष्ट इण्डिज ४८ ओभरमा अलआउट हुँदै ३८९ रनमा समेटियो ।
वेष्ट इण्डिजका क्रिस गेलले शतकीय इनिङस खेलेपनि घरेलु टोलीलाई जित दिलाउन सकेनन् । गेलले ९७ बलमा ११ चौका र १४ छक्कासहित १६२ रन बनाए । यस्तै डरेन ब्राभोले ६१ तथा कार्लोस ब्रेथवेटले ५० रनको अर्धशतकीय इनिङस खेले ।
इंग्ल्यान्डका आदील राशिद एक्लैले ५ तथा मार्क वुडले ४ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै ५० ओभरमा ६ विकेट गुमाएर ४१८ रनको फराकिलो योगफल तयार गरेको थियो ।
इंग्ल्यान्डका लागि जोस बट्लर र कप्तान इयान मोर्गनले शतकीय इनिङस खेले । बट्लर ले १५० रनको योगदान दिदा मोर्गनले १०३ रन बनाए । यस्तै एलेक्स हलेसले ८२ तथा जोनाथन मार्कले ५६ रनको अर्धशतकीय इनिङस खेले । वेष्ट इण्डिजका ओसाने थोमस र कार्लोस ब्रेथवेटले समान २/२ विकेट लिए ।
यो जितसंगै घरेलु टोलीविरुद्धको पाँच खेलको सिरिजमा इंग्ल्यान्डले २-१ को अग्रता बनाएको छ । अब दुई टोलीबीचको अन्तिम खेल शनिबार हुनेछ ।