एजेन्सी । अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको दुई खेलको टी-ट्वान्टी क्रिकेट सिरिजमा कब्जा जमाएको छ ।
बुधबार भएको अन्तिम तथा दोस्रो खेलमा भारतलाई ७ विकेटले हराउँदै अष्ट्रेलियाले सिरिज २-० ले क्लिन स्विप गरेको हो ।
बैंगलोरमा भारतले दिएको १९१ रनको लक्ष्य अष्ट्रेलियाले १९ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा ग्लेन म्याक्स्वेलले अविजित रहदै ११३ रनको शतकीय इनिङस खेले । म्याक्स्वेलले ५५ बलमा ७ चौका र ९ छक्का प्रहार गरे ।
यस्तै म्याथ्यु शर्टले ४० तथा पिटर ह्यान्ड्सकोम्पले अविजित २० रन जोडे । भारतका विजय शंकरले २ तथा सिद्धार्थ काउलले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दै ४ विकेट गुमाएर १९० रन बनाएको थियो ।
भारतको लागि कप्तान विराट कोहलीले अविजित ७२ रन बनाए । यस्तै लोकेश राहुलले ४७ तथा महेन्द्र सिंह धोनीले ४० रन बनाए ।
अब अष्ट्रेलियाले घरेलु टोलीसंग ५ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।