एजेन्सी । इंग्ल्यान्डका पुर्व क्रिकेटर कप्तान एलिस्टर कुक इंग्ल्यान्डको प्रतिष्ठित पदक 'नाइहुड' अवार्डबाट सम्मानित भएका छन् । क्रिकेट खेलबाट इंग्ल्यान्डका लागि पुर्याएको योगदानको कदर गर्दै कुकलाई 'नाइहुड' पदक प्रदान गरिएको हो ।
इंग्ल्यान्डको लागि सर्वाधिक रन बनाउने क्रिकेटर कुकलाई मंगलबार राति ग्रेट ब्रिटेनको महारानी एलिजावेथ द्वितीयले बकिङहम प्यालेसमा 'नाइहुड' पदक प्रदान गरेकी थिईन् । कुक ११ बर्षपछि 'नाइहुड' पदक प्राप्त गर्ने पहिलो क्रिकेटर समेत बनेका छन् ।
सन् २००७ मा पुर्व क्रिकेटर इयन बोथमलाई यस अवार्ड दिईएको थियो । कुक यस अवार्ड जित्ने ११ औं क्रिकेटर समेत हुन् ।
गत बर्षबाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका कुकले १६१ टेष्टमा ३३ शतकसहित १२ हजार ४७२ रन बनाएका थिए ।जसमा कुकले ५७ खेल जितेका थिए भने ४१ खेलमा हार व्यहोरेका थिए । ३६ खेल बराबरी सकिएको थियो ।
३४ बर्षीय कुकले ९२ एकदिवसीयमा ३ हजार २०४ रन बनाएका थिए ।
यस्तै महारानी एलिजावेथ द्वितीयले थाइल्याण्डको गुफामा फसेका १२ युवा फुटबल खेलाडीको सकुशल उद्दारमा खटिएका उद्दारकर्मी जोन भोलानथेनलाई जर्ज मेडलबाट सम्मानित गरेका छन् ।