ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपअन्तर्गत अहिले च्यासल युथ क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गरिरहेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो खेलमा पराजय भोगेका दुवै टोलीलाईै क्वार्टरफाईनलको सम्भावना जिवितै राख्न जित्नैपर्ने दबाब छ । पराजित हुने टोली समुह चरणबाटै बाहिरिनेछ ।