काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिसद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको महिला वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १४ औं स्थान हासिल गरेको छ । नेपालले १२८ अंक प्राप्त गरेको छ ।
थाइल्याण्डमा सम्पन्न टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि वरियतामा सुधार आएको हो । तर, छनोटमा नेपाल दोस्रो स्थानमा रहदै ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।
गत महिना नेपाल १६ औं स्थानमा रहेको थियो ।
वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रोमा न्युजिल्यान्ड र तेस्रो स्थानमा इंग्ल्यान्ड रहेको छ । वेष्ट इण्डिज चौथो र भारत पाँचौ स्थानमा छ ।