काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा अहिले क्वेटा ग्लाडियटर्ससंग प्रतिस्पर्धा गर्दैछ ।
दुबईमा सन्दीपको टिम लाहोरले क्वेटाविरुद्ध टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । लाहोरले बलिङ रोजेपछि क्वेटाले सुरुवातमा ब्याटिङ गर्नेछ ।
क्वेटाविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेईङ सेटमा परेका छन् । पीएसएलमा सन्दीपको यो तेस्रो खेल हो । सन्दीपले अघिल्ला दुई खेलमा ४ विकेट लिईसकेका छन् ।
सन्दीपले क्वेटाविरुद्ध नै शनिबार भएको खेलमा ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका थिए । उक्त खेलमा लाहोरमा ३ विकेटले पराजित भएको थियो ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पछिल्ला पाँच खेलमा क्वेटा लाहोरविरुद्ध हाबी देखिएको छ । पाँच खेलमा लाहोरले क्वेटालाई हराउन सकेको छैन । जसको कारण बुधबार लाहोरलाई जित निकाल्न निकै मेहनत गर्नु पर्ने देखिन्छ ।
पाँच खेलमा ४ जितसहित क्वेटा लिगको शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा २ जित निकाल्न सफल लाहोर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।