काठमाडौं । आयोजक थाईल्याण्ड आईसीसी महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको एसिया छनोटको अन्तिम खेलमा बुधबार युएईलाई ५० रनले हराउँदै थाइल्याण्ड छनोटको शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुगेको हो ।
बैंककमा थाइल्याण्डले दिएको १०८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा अलआउट हुँदै ५७ रन मात्र बनाउन सक्यो ।
युएईका उडिनी डोना १३ तथा इशा रोहितले ११ रन जोडिन । थाइल्याण्डकी चानिदा सुत्थीरुवाङ, नत्ताया बोचाथम र सोर्नारिन तिपोचले समान २/२ विकेट लिए ।
यसअघि थाइल्याण्डले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०७ रन बनाएको थियो । थाईल्याण्डका नत्ताकन चान्तमले ३५ तथा चानिदा सुत्थीरुवाङले २२ रन जोडिन् ।
युएईका शुभ भेन्कतारामानले ३ विकेट लिईन् ।
जितसंगै थाइल्याण्डले ६ खेलमा १२ अंक जोड्दै शीर्ष स्थान हात पार्यो । र, थाइल्याण्ड अपराजित रहदै ग्लोबल छनोटमा पुग्न सफल भयो । युएई ८ अंकसहित तेस्रो स्थानमा रह्यो । नेपाल १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।