ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिपमा मोफसलको रमपम झापा ११ ले दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरका आज भएको पहिलो खेलमा झापाले संकटा क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
समुह चरणको दुई खेलबाट ६ अंक जोड्दै झापा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समुह चरणको अन्तिम खेल बाँकी रहदा झापा क्वार्टरफाईनलको नजिक पुगेको छ ।
खेलको ४१ औ मिनेटमा झापाले डोजेन तामाङको गोलमार्फत अग्रता लिएपनि संकटाले ५५ औ मिनेटमा बराबरी गोल फर्काएको थियो । ५९ औ मिनेटमा श्याम मुर्मले पुन झापाली टोलीलाई दिलाएको अग्रतालाई ६४ औ मिनेटमा संकटाले बराबरीमा ल्याइएको थियो ।
तर खेल सकिन १५ मिनेट बाँकी छदाँ रोमन भुजेलले विजयी गोल गर्दै झापालाई महत्वपुर्ण तीन अंक दिलाए ।
अंक तालिका यस्तो छ ।
जितपछि झापाको २ खेलबाँकी ६ अंक भएको छ । झापाले पहिलो खेलमा च्यासललाई युथ क्लबलाई ३–१ ले हराएको थियो । पराजयसंगै संकटाको खातामा ३ अंक छ । पहिलो खेलमा उसले एपीएफलाई २–१ गोल अन्तरले हराएको थियो ।
झापाले अब एपीएफ र संकटाले च्यासल युथसंग समुह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् ।