एजेन्सी । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले आज (बुधबार) घरेलु टोलीविरुद्धको दोस्रो तथा अन्तिम टी-ट्वान्टीमा क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ ।
बैंगलोरमा हुने भारत र अष्ट्रेलियाबीचको खेल बेलुका ७:१५ मा सुरु हुनेछ । र, प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछन् ।
दुई खेलको टी-ट्वान्टी सिरिजमा भारत १-० ले पछाडी रहेको छ । भारत पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो ।
भारत दोस्रो खेलमा जित निकाल्दै सिरिज बराबरी गर्न चाहन्छ । अष्ट्रेलिया भने सिरिज जित्ने लक्ष्यसहित मैदान उत्रने छ ।
भारतले घरेलु मैदानमा अन्तिम पटक सन् २०१५ मा दक्षिण अफ्रीकासंगको टी-ट्वान्टी सिरिज हारेको थियो । अष्ट्रेलियाले सन् २००८ पछि भारतविरुद्धको टी-ट्वान्टी सिरिजमा जित हात पार्न सकेको छैन ।
अष्ट्रेलियाले टी-ट्वान्टीपछि घरेलु टोलीसंग ५ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
आईसीसी विश्वकप नजिकिदै गर्दा दुवै राष्ट्रले सिरिजलाई विश्वकप तयारीको रुपमा लिएका छन् । यस सिरिजबाट दुवै राष्ट्रले खेलाडी छनोट गर्नेछ ।