काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपालले अहिले कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ गरिरहेको छ । तर, नेपालले कुवेतविरुद्ध खराब प्रदर्शन गरिरहेको छ ।
नेपालले कुवेतविरुद्ध ५ विकेट गुमाईसकेको छ । नेपालले आठौं ओभरमा महत्वपुर्ण ५ विकेट गुमाएको हो ।
नेपालले पाँचौ विकेटको रुपमा सरिता मगरलाई सुन्य रनमा गुमाएको हो । त्यसअघि नेपालले चौथो विकेटको रुपमा रोमा थापाले ७ रनमा गुमाएको थियो ।
यस्तै नेपालले इन्दु बर्मालाई ७, काजल श्रेष्ठलाई १८ र सिता राना मगरलाई सुन्य रनमा गुमाईसकेको छ ।
नेपालले १० ओभरको खेल सकिदा ५ विकेट गुमाएर ४८ रन जोडेको छ ।
ग्लोबल छनोटमा स्थान बनाउन नेपालका लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ । सात राष्ट्र सम्मिलित छनोटमा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।