एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्याराडोनाले आफु आराम रहेको बताएका छन् । विश्वकप अन्तर्गत मंगलबार राति नाईजेरियाविरुद्धको खेलको दौरान चिकित्सको साथमा देखिएका म्याराडोनाले आफु ठिक रहेको बताएका हुन् ।
५७ बर्षका म्याराडोना, जसको नेतृत्वमा अर्जेन्टिनाले सन् १९८६ मा विश्वकपको उपाधि उचालेको थियो । उनले गर्दनमा चोट लागेको बताएका छन् ।
म्याराडोनाले गए रातिको खेलको हाफ टाईममा मेडिकल स्टाफसंग रहेको फोटो समाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनले आफुलाई हस्पिटल लगिएको कुरा अस्विकार गरेका छन् ।
'म तपाई सबैलाई भन्न चाहन्छु । म ठिक छु,' उनले सामाजिक सञ्जालमा भनेका छन् ।
‘मलाई चिकित्सकले जाँच गरेका थिए । मलाई हाफ टाईममा घर जान सुझाएका थिए । तर म खेल हेर्न चाहन्थे । किनकी हामीसबै जोखिम अवस्थामा थियो । म कसरी रंगाशालाबाट बिदा हुन सक्थे ।’ उनले भनेका छन् ।
जितसंगै अर्जेन्टिना विश्वकपको अन्तिम १६मा प्रवेश गरेको छ । उसले आगामी शनिबार नकआउट चरणको पहिलो खेलमा फ्रान्ससंग प्रतिस्पर्धा गर्नेछ ।
खेलको दौरान नाईजेरियाले बराबरी गोल फर्काउदा म्याराडोना दुखिद हुदै आँशु झारका थिए । म्याराडोनाले अर्जेन्टिनाको जर्सीमा ९१ म्याच खेलेका छन् । जसमा ३४ गोल गुरेका छन् ।