एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले श्रीलंकाका पुर्व क्रिकेटर सनथ जयसुर्यालाई सबै खाले क्रिकेटमा २ बर्षको प्रतिबन्ध लगाएको छ ।
आईसीसीको भ्रष्ट्राचार सम्बन्धिको नियम उलंघन गरेको भन्दै आईसीसीले जयसुर्यालाई प्रतिबन्ध लगाएको जनाएको छ ।
श्रीलंका क्रिकेटमा भएको भ्रष्ट्राचारको बिषयमा असहयोग गरेको भन्दै आईसीसीले जयसुर्यालाई कारबाही गरेको हो ।
जयसुर्या श्रीलंकाको राष्ट्रिय टोलीका छनोट समितिका प्रमुख समेत हुन् ।
सन् २०१२ बाट अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका जयसुर्या श्रीलंकाले सन् १९९६ को विश्वकप जित्दा मुख्य खेलाडी थिए ।
विश्वकपमा जयसुर्या प्लेयर अफ दि टुर्नामेन्ट समेत चुनिएका थिए ।
जयसुर्याले ४४५ एकदिवसीय अन्तराष्ट्रियमा २१ शतक प्रहार गरेका छन् । यस्तै ३२३ विकेट लिएका छन् ।