काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) मा भोली (बुधबार) क्वेटा ग्लाडियटर्ससंग प्रतिस्पर्धा गर्दैछ ।
दुबईमा हुने लाहोर र क्वेटाबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पछिल्ला पाँच खेलमा क्वेटा लाहोरविरुद्ध हाबी देखिएको छ । पाँच खेलमा लाहोरले क्वेटालाई हराउन सकेको छैन । जसको कारण बुधबार लाहोरलाई जित निकाल्न निकै मेहनत गर्नु पर्ने देखिन्छ ।
पाँच खेलमा ४ जितसहित क्वेटा लिगको शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा २ जित निकाल्न सफल लाहोर अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
क्वेटाविरुद्ध मैदान उत्रिए पीएसएलमा सन्दीपको तेस्रो खेल हुनेछ । सन्दीपले दुई खेलमा ४ विकेट लिईसकेका छन् ।
सन्दीपले क्वेटाविरुद्ध नै शनिबार भएको खेलमा ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका थिए । उक्त खेलमा लाहोरमा ३ विकेटले पराजित भएको थियो ।