एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आगामी विश्वकपमा भारत र पाकिस्तानबीच म्यानचेष्टरमा तय भएको म्याच नहुने कुनै संकेत नभएको बताएको छ ।
पाकिस्तानलाई आधार क्षेत्र बनाएर गतिविधि गर्दै आएको लडाकु समुहले कास्मिर घटनाको जिम्मेवारी लिएपछि जुन १६ मा हुने तय भएको भारत पाकिस्तान खेललाई लिएर धेरै आशंका उत्पन्न भएको छ ।
धेरै भारतीयले म्यानचेष्टरको ओल्डट्राफोर्डमा हुने पाकिस्तानविरुद्वको खेल रद्व गर्नुपर्ने बताउँदै आएका छन् ।
‘हामीले सदस्य राष्ट्रको अवस्थामा अध्ययन गरिरहेका छन् ।’ आईसीसीले भनेको छ, ‘हामी मान्छौ कि हामी दुखद घटनाबाट प्रभावित सबैसंग संगै छौ ।’
‘खेलकुद, त्यसमा समेत क्रिकेटसंग त्यस्तो क्षमता छ कि मानिसलाई संगै ल्याउन सक्छ । समुदायलाई एकीकृत गर्न सक्छ । हामी सदस्य राष्ट्रसंग यही भावकासाथ आगामी दिनमा काम गर्नेछौ ।’ आईसीसीले भनेको छ ।
‘त्यहाँ कुनै संकेत छैन, विश्वकपका कुनैपनि म्याच तालिका र योजना अनुसार अघि नबढ्ने भन्ने बिषय छैन ।’ आईसीसीले स्पष्ट पारेको छ ।
आक्रमणमा ४६ भारतीय अर्धसैनिकको मृत्यु भएको थियो । जसले भारतमा पाकिस्ताविरुद्व ठुलो आक्रोस सिर्जना गरेको थियो । तर पाकिस्तानले घटनामा कुनैपनि प्रकारको संलग्नताको अस्विकार गर्दै आएको छ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले आईसीसीलाई भनेको छ, ‘जुन देशबाट आतंकवाद निक्लिन्छ, उसंग नाता तोड्नपर्छ ।’
भारतीय कप्तान विराट कोहलीले सरकार र क्रिकेट बोर्डले गर्ने निर्णयको समर्थनमा खेलाडी उत्रने बताएका थिए । निर्णय अनुसार पाकिस्तानविरुद्वको खेल वहिष्कार गर्न समेत आफुहरु तयार भएको बताएका थिए ।
विश्वकपमा भारतले पाकिस्तानसंग लगातार ६ म्याच खेलेको छ ।