काठमाडौं । रुपन्देही ११ का आशिष गुरुङ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको २१ औँ संस्करणको सर्बाेत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबार सकिएको प्रतियोगितामा आयोजक क्लबका आशिष सर्वोकृष्ट खेलाडी चुनिएका हुन् । उनले उपाधिसंगै एक थान स्कुटर प्राप्त गरे ।
बुटबलस्थित एन्फा एकेडेमीको मैदानमा भएको खेलमा विभागीय टिम पुलिसलाई हराउँदै क्यामरुनको दाउफिन्सले उपाधि उचालेको थियो ।
उपाधि दाउफिन्डसले जितेपनि विधागत पुरस्कारमा पुलिसको वर्चस्व रह्यो । पुलिसका बिक्रम धिमाल उत्कृष्ट डिफेन्डर, हेम तामाङ उत्कृष्ट मिडफिल्डर, रवि शंकर पासवान उत्कुृष्ट स्ट्राइकर घोषित भए । दाउफिन्सको प्रिन्सो उत्कृष्ट गोलरक्षक चुनिए । विधागततर्फका उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ प्राप्त गरे ।