ललितपुर । ललित स्मृति अन्डर १८ फुटबल च्याम्पियनसिप अन्तर्गत आजको पहिलो खेलमा अहिले रमपम झापा ११ र संकटा युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा दुवै टोली समुह चरणको दोस्रो खेलमा तीन अंक जोड्दै नकआउट चरण पुग्न चाहन्छन् ।
समूह सी को झापाले पहिलो खेलमा च्यासल र संकटाले विभागीय टिम एपीएफलाई पराजित गरेका थिए ।