काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटको पाँचौ खेलमा नेपालले चीनलाई पराजित गरेको छ । सोमबार भएको खेलमा नेपालले चीनलाई ५ रनले हराएको हो ।
थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चीनले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ७२ रन बनाउन सक्यो । चीनका लागि झान मेईले सर्वाधिक ३३ रन जोडिन् । यस्तै सियोन झौले १८ रन जोडिन् ।
नेपालकी सिता राना मगरले ३ तथा कृष्ण कुवरले १ विकेट लिईन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् । यस्तै सिता राना मगरले ११ रन जोड्दा बिन्दु रावलले १० रन जोडिन ।
नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् ।
चीनकि वाङ मेङ र हान लिलीले समान २/२ विकेट लिईन् ।
चीनमाथिको जित छनोटमा नेपालको चौथो जित हो । जितसंगै नेपालले ५ बाट ८ अंक जोडे छ । र, नेपालले छनोटको शीर्ष स्थानमा रहेर ग्लोबल छनोटमा पुग्ने सम्भावना कायम राखेको छ । नेपाल तेस्रो स्थानमा समेत उक्लिएको छ ।
पराजित चीन ६ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा छ ।
अब नेपालले कुवेतसंग बुधबार खेल्नेछ ।
छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छन् ।