काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको पाँचौ खेलमा नेपालले अहिले चीनसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा नेपालले दिएको ७८ रनको लक्ष्यसहित चिनले जवाफी ब्याटिङ गरिरहेको छ ।
ब्याटिङमा उच्च प्रदर्शन गर्न नसकेको नेपालले बलिङमा भने मध्यम प्रदर्शन गरेको छ । चीनले २० रन जोड्दा नेपालले तीन विकेट झार्न सफल भएको छ ।
चीनले ८ ओभरको खेल सकिदा ३ विकेट गुमाएर २५ रन जोडेको छ ।
यसअघि नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनाएको थियो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् । यस्तै सिता राना मगरले ११ रन जोड्दा बिन्दु रावलले १० रन जोडिन ।
नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् ।
चीनकि वाङ मेङ र हान लिलीले समान २/२ विकेट लिईन् ।