काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यु २१ टिमले समुह चरणको अन्तिम खेल आज (सोमबार) खेल्दैछ ।
एलएनआईपीई रंगशालामा हुने खेलमा अन्तिम खेलमा नेपालले नागाल्याण्डसंग प्रतिस्पर्धा गर्न लागेको हो । खेल अपरान्ह साँझ पौने ५ बजे सुरु हुनेछ । समुह चरणबाटै बाहिरिएको एन्फाको युवा टोलीमा चार खेलाडी परिवर्तन गरिएको छ । र कप्तानको जिम्मेवारी समेत फेरिएको छ ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नियमित कप्तान छिरिङ गुरुङलाई बेन्चमा राख्दै अभिषेक रिजाललाई कप्तानीको जिम्मेवारी दिएका छन् । डिफेन्समा छिरिङको स्थानमा गौतम श्रेष्ठ र विश्वास उदासको स्थानमा रणदीप पौडेलले मौका पाएका छन् ।
मिडफिल्डमा अनिल महर्जनले कमब्याक गर्दा नीतिन थापाको स्थानमा शिशिर लेखीलाई मौका दिईएको छ । यस्तै नियमित फरवार्ड प्रेजन तामाङलाई बेन्चमा राख्दै मुख्य प्रशिक्षकले राजिव लोप्चनलाई फरवार्ड लाईनको जिम्मेवारी दिएका छन् । उनलाई रेजिन सुुब्बाले साथ दिनेछन् ।
नेपाली टोली :
गोलकिपर : सुर्य अधिकारी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, गौतम श्रेष्ठ, रणदिप पौडेल
मिडफिल्डर : एरिक विष्ट, अभिषेक रिजाल (कप्तान), शिशिर लेखी, अनिल महर्जन,
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन