काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको पाँचौ खेलमा नेपालले अहिले चीनसंग प्रतिस्पर्धा गरिरहेको छ ।
थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले चीनलाई ७८ रनको लक्ष्य दिएको छ ।
चीनविरुद्ध मध्यम प्रदर्शन गरेको नेपालले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ७७ रन बनायो ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक १८ रन बनाईन् । यस्तै सिता राना मगरले ११ रन जोड्दा बिन्दु रावलले १० रन जोडिन ।
नेपालकी इन्दु बर्माले ८, नेरी थापाले अविजित ७ रन जोड्दा सरिता मगरले ६ रन बनाईन् ।
चीनकि वाङ मेङ र हान लिलीले समान २/२ विकेट लिईन् ।
नेपाल आज चीनलाई पराजित गर्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । पछिल्ला ४ बाट ६ अंक जोडेको नेपाललाई अंक तालिकामा सुधारमा गर्न चीनविरुद्वको खेल महत्वपुर्ण छ । यसअघि चीनविरुद्वको प्रभावशाली नतिजाले समेत नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।
ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ । त्यसका लागि नेपालले शीर्ष स्थानको थाईल्याण्डको हारको समेत कामना गर्नुपर्नेछ । तालिकाको शीर्ष स्थानको थाईल्याण्डले समेत मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।
अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्याण्डसंग पराजित भएको थियो ।