काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले अहिले चीनसंग प्रतिस्पर्धा गर्दैछ ।
थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा चीनले टस जितेको छ । र, चीनले पहिले फिल्डिङ रोजेको छ । चीनले बलिङ रोजेपछि नेपालले सुरुवातमा ब्याटिङ थालेको छ ।
पछिल्ला ४ बाट ६ अंक जोडेको नेपाललाई अंक तालिकामा सुधारमा गर्न चीनविरुद्वको खेल महत्वपुर्ण छ । यसअघि चीनविरुद्वको प्रभावशाली नतिजाले समेत नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ ।
नेपालले गत महिना थाइल्याण्ड टी-ट्वान्टी स्म्यासमा चीनलाई १० विकेटले हराएको थियो ।
ग्लोबल छनोटमा पुग्न जारी प्रतियोगिताको शीर्ष स्थानमा रहन आवश्यक छ । त्यसका लागि नेपालले शीर्ष स्थानको थाईल्याण्डको हारको समेत कामना गर्नुपर्नेछ । तालिकाको शीर्ष स्थानको थाईल्याण्डले समेत मलेसियासंग प्रतिस्पर्धा गर्दैछ ।
अघिल्लो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो । त्यस्तै आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो । पहिलो खेलमा मलेसियलाई ३४ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्याण्डसंग पराजित भएको थियो ।