एजेन्सी । रसिद खानले चार बलमा चार विकेट लिएपछि तेस्रो टी–ट्वान्टी क्रिकेटमा अफगानिस्तानले आयरल्याण्डलाई ३२ रनले पराजित गरेको छ । जितसंगै अफगानिस्तानले तीन म्याचको टी–ट्वान्टी सिरिज ३–० ले कब्जा गरेको छ ।
२ सय ११ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ८ विकेट गुमाएर १ सय ७८ रन बनाउन सक्यो । विश्व वरियताको शीर्ष स्थानमा रहेका रसिदले २७ रन खर्चिएर ५ विकेट लिएपछि अफगानिस्तानले सहज जित हात पारेको हो । केभिन डी ब्रोयनले ७४ रन बनाउँदै आयरल्याण्डलाई गतिलो सुरुवात दिलाएपनि अन्य ब्याट्सम्यानले त्यसलाई कायम राख्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको थियो । मोहमद नावीले ३६ बलमा ८१ रन बनाउँदै अफगानिस्तानलाई ठुलो लक्ष्यतर्फ डो¥याएका थिए ।
ओपनर हजारतुल्लाह जाजईले १७ रनमा ३१ रन बनाउँदै टोलीलाई गतिलो सुरुवात दिलाएका थिए । भारत भ्रमणमा रहेका दुवै टोलीले पाँच एकदिवसीय र एक टेष्ट म्याच खेल्नेछन् ।