एजेन्सी । भारतविरुद्वको पहिलो टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलिया तीन विकेटले विजयी बनेको छ । बिशाखापटनममा शनिबार राति भएको खेलमा पाहुना टोली अष्ट्रेलियाले भारतलाई ३ विकेटले हराएको हो । योसंगै दुई म्याचको टी–ट्वान्टी सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।
१ सय २७ रनको लक्ष्य अष्ट्रेलियाले ७ विकेट गुमाएर पुर्यो । ग्लेन म्याक्सवेलले ४३ बलमा ५६ रन जोड्दै टोलीको जितको आधार तयार गरेका थिए । ओपनर डी आर्सी सर्टले ३७ रन बनाएका थिए ।
भारतका जसप्रित बुम्राहाले सर्वाधिक ३ विकेट लिएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले केएल राहुलको अर्धसतकिय ईनिङका मदतले १ सय २६ रन बनाएको थियो । महेन्द्र सिंह धोनी २९ रनमा नटआउट रहदाँ विराट कोहलीले २४ रन जोडेका थिए । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
अष्ट्रेलियाका नाथन कुल्टर नाइलले सर्वाधिक तीन विकेट लिएका थिए । भारत भ्रमणमा रहेको अष्ट्रेलियाले पाँच म्याचको एक दिवसीय सिरिज समेत खेल्नेछ ।