एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लेभान्टेलाई पराजित गरेको छ । आईतबार राति भएको खेलमा रियलले लेभान्टेलाई २–१ गोल अन्तरले हराएको हो ।
रियलको जितमा करिम बेन्जिमा र ग्यारेथ बेलले पेनाल्टीमा गोल गरेका थिए । बेन्जिमाले ४३ औ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६० औ मिनेटमा घरेलु टोली रोजर मार्टिले बराबरी गोल फर्काए ।
डि बक्सभित्र क्यासमिरोलाई लडाएपछि रियलले ७८ औ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । जसमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बेलले गोल गर्दै टोलीलाई महत्वपुर्ण तीन अंक दिलाए ।
नाचो ८६ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि रियल खेलको अन्तिम ४ मिनेट १० खेलाडीमा सिमित भएको थियो । घरेलु टोलीका रुविन रोचिनाले समेत ८८ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।
पछिल्लो जितसंगै रियलले शीर्ष स्थानको बार्सिलोनासंगको अंक दुरी ९ मा झारेको छ । बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ । रियल ४८ अंक सहित तेस्रो स्थानमा छ । लेभान्टे ३० अंक सहित तालिकाको १३ औ स्थानमा छ ।