एजेन्सी । कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । लण्डन क्लब चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेष्टर सिटीले सिजनको पहिलो उपाधि उचालेको हो ।
निर्धारित र अतिरिक्त समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । आईतबार राति भएको खेलमा म्यानचेष्टर सिटीले पेनाल्टी सुटआउटमा चेल्सीलाई ४–३ ले हरायो ।
सिटीका लागि रहिम स्टर्लिङले विजयी गोल गरेका थिए ।
चेल्सी प्रशिक्षक माउरिजियो सार्रीले पेनाल्टी सुटआउटमा गोलकिपर केपा अरियाजाबालागालाई परिवर्तन गर्न खोजेका थिए । तर प्रशिक्षकको आग्रहलाई केपाले अस्विकार गरिदिए ।
७१ मिलियन पाउण्डका कीर्तिमानी स्पेनिस गोलकिपरलाई प्रशिक्षक सर्रीले विली काबालेरोसंग स्थानान्तर गर्न खोजेका थिए । जसले सन् २०१६ मा उपाधि जित्न उनले लिभरपुविरुद्व म्यानचेष्टर सिटीबाट तीन पेनाल्टी रोकेका थिए ।
चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर विफल भएको थियो ।