एजेन्सी । जारी प्रिमियर लिगको २७ औँ हप्ताको खेलमा लिगको दोस्रो स्थानमा रहेको लिभरपूलले चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ। लिभरपूलको गृह मैदान एनफिल्डमा हुने खेल नेपाली समय अनुसार ७ बजेर ५० मिनेटमा सुरु हुनेछ।
आजको खेल जितेमा लिभरपूलले म्यानचेस्टर सिटीलाई ३ अंकले पछि पार्दै पहिलो स्थानमा पुग्ने छ। एक खेल बढी खेलेको सिटी गोल अंकको आधारमा समान ५६ अंक सहित पहिलो स्थानमा रहेको छ। त्यस्तै चेल्सी र अर्सेनल भन्दा १ अंक बढी हुँदै चौथो स्थानमा रहेको युनाईटेड पराजित भएको खण्डमा छैठौ स्थानमा पुग्ने सम्भावना समेत रहेको छ।
सुरुआती ११ :
लिभरपुल: एलिसन, फाबिन्हो, भान जाईक, वाइनाल्डम, मिल्नर ,फर्मिन्हो , माने, सलाह , हेण्डर्सन , रोबर्टसन, म्याटिप
म्यानचेस्टर युनाईटेड : डि हेया, लिण्डेलोफ़, पोग्बा, माटा , लुकाकु ,रास्फर्ड, स्मलिङ्ग, याउङ्ग, हरेरा, श , म्याक्टोमिने