काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यू–२१ टिमले दोस्रो हार ब्यहोरेको छ । एलएनआईपीई रंगशालामा आईतबार भएको खेलमा नेपाली टोली भारतीय क्लब मिजोरानसँग २–० गोल अन्तरले पराजित भएको हो ।
यसअघि नेपाल पहिलो खेलमा मेघालयसँग ३–२ गोल अन्तरले पराजित भएको थियो ।
योसँगै नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । चार खेल खेलेका नेपालको प्रतियोगितामा ६ अंक रहेको छ । प्रतियोगिताको शीर्षस्थानमा रहेको मेघालयको ४ खेलबाट १० अंक रहेको छ । मिजोरामको ३ खेलबाट ७ अंक रहेको छ भने मनिपुरको समान खेलबाट ६ अंक रहेको छ ।
नेपालले अन्तिम खेलमा भोली सोमबार नागल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो हाफमा १–० ले पछाडी परेको एन्फाको युथ टिम दोस्रो हाफमा थप गोल ब्यहोर्न पुग्याे । खेलको ४२ औ मिनेटमा मिजोरामका लाललुन्ति उआंगाले पेनाल्टीमा गोल गर्दै भारतीय टिमलाई अग्रता दिलाएका थिए । यस्तै दोस्रो गोल पनि मिजोरामले पेनाल्टीमै गर्यो । नेपाली गोलकिपरले फल गरेपछि मिजोरामले ५७ औ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । मिजोरामका लाहारियाट कुलाले गोल गर्न कुनै गल्ती गरेनन् । तेस्रो गोल खेलको ईन्जुरी समयमा रोगुवा कुलाले गरे ।
प्रतियोगिताको सेमिफाइनमा पुग्न नेपाललाई जित्नै पर्ने दबाव थियो । नेपाल पहिलो खेलमा मेघालयसंग ३–२ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा त्रिपुरा क्लबलाई ६–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै मनिपुरलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।