काठमाडौं । डा ता आओ अन्तराष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको एन्फाको यु २१ टिमले चौथो खेलमा आज (आईतबार) मिजोरामविरुद्व खेल्दैछ । नेपाली टाेलीले मिजाेरामविरुद्द खेल्ने प्लेईङ सेटको घोषणा गरेको छ ।
खेलमा नेपाली टिमले एक खेलाडीलाई परिवर्तन गरेको छ । लगातर दुई पहेंलो कार्ड पाएपछि एक खेलको निलम्बनमा रहेका मिडफिल्डर अनिल महर्जनको स्थानमा मनिष थापालाई नेपाली टिमले मौका दिएको छ ।
नेपाल आफ्नो पहिलो खेलमा मेघालयसंग ३–२ ले पराजित भएको थियो । दोस्रो खेलमा भारतको त्रिपुरा क्लबलाई ६–० ले पराजित गरेको थियो । सो खेलमा अभिषेक रिजाल ह्याट्रिक गर्न सफल भएका थिए । तेस्रो खेलमा पनि अभिषेक रिजालको ह्याट्रिकमा एन्फाको यु २३ टिमले मनिपुरलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
'खेल ‘गर या मर’ को अवस्था मा छ । ३ खेल सकिदाँ मिजोराम ७ अंकसहित दोस्रो स्थानमा रहेकाले आजको खेलमा हामीले जसरी भएपनि जीत निकाल्नैपर्छ ।' मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,'मिजोरामलाई पराजित गर्न सेमिफाइनलमा स्थान बनाउन केही सहज हुन्छ ।'
'हाम्रो खेलाडीहरुले पछिल्लो दुई खेलमा राम्रो लय देखाएका छन् । त्यसलाई लगातार मिजोरामविरुद्ध निरन्तरता दिनु पर्छ । हामीले अग्रपङ्ती र रक्षापङ्तीलाई बलियो बनाएर खेल्दा मिजोरमाथि सहज जित हासिल गर्न सक्छौं ।' प्रशिक्षक श्रेष्ठले अगाडि थपे, 'योजना अनुसार मिडफिल्ड र फरवार्डको राम्रो जाेडी मिलेकाले अग्रपङ्तीमा पाएको अवसरलाई खेलाडीहरु सदुपयोग गर्दा नतिजा आफ्नो पक्षमा पार्न सहज भएको हो ।'
प्रतियागितामा नेपालको तिन खेलबाट ६ अंक रहेको छ । नेपाली टिमले नागल्याण्डसंग प्रतिस्पर्धा गर्न बाँकी छ । समुहको शिर्ष दुई टिम दोस्रो चरण प्रवेश गर्नेछन् ।
नेपाली टोली
गोलकिपर : विष्णु कुमार केसी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, विश्वास उदास, छिरिङ गुरुङ
मिडफिल्डर : मनिष थापा, एरिक विष्ट, नितिन थापा, अभिषेक रिजाल,
फरवार्ड : रेजिन सुब्बा, प्रिजेन तामाङ