काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा हङकङले नेपालसामु ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ । थाईल्याण्डको बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभरमा ८ विकेट गुमाएर ६२ रन बनायो ।
हङकङलाई सानो स्कोरमा समेट्न नेरी थापाले ६ विकेट लिईन् । सरिता राना मगरको नाममा २ विकेट रह्यो ।
हङकङको सूरुवाती ब्याटिङ लाईन ध्वस्त बनाउने क्रममा नेरी एक्लैले ६ विकेट हात पारिन् ।
हङकङकी ओपनर बेला पुनलाई ११ रनमा आउट गरेकी नेरीले यास्मिन दसवानीलाई १६ रनमा पोविलियन फर्काएकी थिईन् । यि सान तोलाई शुन्य रनमा बोल्ड गरेकी नेरीले क्यारी चानलाई दुई रनमा आउट गरिन् । पाँचौ विकेटको रुपमा मारिको हिललाई २ रन र जसमिनी टिटमुसलाई शुन्य रनमा पोविलियन फर्काईन् ।
त्यसपछि बलिङमा आएकी सरिताले दुई विकेट लिईन् । उनले मरीना लाम्पलोलाई १९ र जेनेफर डेविसलाई २ रनमा आउट गरिन् ।
हङकङविरुद्ध नेपाल जित निकाल्ने योजनासहित मैदान उत्रनेएको छ । नेपाल हङकङलाई हराएर शीर्ष ३ टोलीविरुद्ध अंक बराबरी गर्ने लक्ष्यमा छ ।
नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल चौथो स्थानमा छ । अंकविहीन हङकङ पुछारबाट दोस्रोमा रहेको छ ।
बिहिबार भएको खेलमा नेपाल थाईल्याण्डसग ५७ रनले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष एक टोलीले ग्लोबल क्वालिफायर्समा स्थान बनाउने छ ।