काठमान्डौं । धनगडी प्रिमिएर लिगको तेश्रो संस्करण सकिएको छ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सीवाईसी अत्तरियाले शरद भेषवाकर नेतृत्वको महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि उचाल्यो ।
डीपीएलको तेस्रो सिजनमा अपेक्षा गरिएका केही खेलाडीले निराश बनाए भने केही नयाँ अनुहारले आफुलाई सिद्व गरे । डीपीएलको तेस्रो संस्करणमा चलेका खेलाडी निम्न प्रकारका रहेका छन् ।
दीपेन्द्र सिंह ऐरी :
नेपाली सिनियर टोलीका नियमित तथा भरपर्दा युवा खेलाडी दीपेन्द्र सिंह ऐरी सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहे । डीपीएलमा एक सय रन पार गर्ने उनी एक्ला नेपाली ब्याट्सम्यान रहे ।
सीवाईसी अत्तरियाका कप्तान समेत रहेका उनले ७ इनिङ्मा १ सय ६८ रन बनाए । बलिङतर्फ पनि उनले १० विकेट हात पर्दै सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ स्थानमा रहे । टिमको नेतृत्व गदै पहिलो पटक घरेलु प्रतियोगिताको फाईनल पुगेका उनी उपाधि उचाल्न समेत सफल रहे ।
सुमित महर्जन :
इपीएलको तेश्रो संस्करणको उपविजेता भैरहवा ग्ल्याडियटर्सबाट खेलेका उनी डीपीएलमा रुपन्देही च्यालेन्जर्समा आबद्व भए । रुपन्देहीले उनलाई ७५ हजारमा अनुबन्धन गरेको थियो ।
उनले डीपीएलमा ५ इनिङ्स ब्याटिङ गर्दै ९७ रन बनाए । सर्वाधिक रन बनाउने खेलाडीको पाँचौ स्थानमा रहे । नेपाली डीपीएलमा सर्वाधिक रन बनाउने दोस्रो नेपाली ब्याट्सम्यान हुन् ।
सन्दीप रजाली :
धेरैले पहिलो पटक सन्दीप रजालीलाई डीपीएलमा सुनेको हुनपर्छ । उनले इपीएलको तेश्रो संस्करणमा काठमान्डौ किंग्सबाट खेलेका थिए । उनले इपीएलको दोश्रो क्यालिफायर खेलमा मात्र मौका पाएका थिए । सो खेलमा २६ बलमा २७ रन बनाउदा दुर्भाग्यपुर्ण तरिकाले रनआउट हुन पुगेका थिए ।
दोस्रो पटक फ्रेन्चाइज खेल्न डीपीएलमा आएका उनलाई धनगढी स्टार्सले ४० हजारको बोली लगाएको थियो । तर उनले डीपीएलमा आफ्नो मुल्यलाई न्याय गरे । उनले ४ खेलमा ८३ रन बनाउन सफल रहे । सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा उनी सातौ स्थानमा रहे । डीपीएलमा सर्वाधिक रन बनाउने चौथो नेपाली ब्याट्सम्यान बने । राष्ट्रिय टोलीका विकेटकिपर बिनोद भण्डारी भन्दा २ खेल कम खेलेपनि उनी मात्र एक रनले पछाडी परेका हुन् ।
भुवन कार्की :
घरेलु क्रिकेटमा भुवन कार्की कुनैबेला ठुलो नाम थियो । न समय एकैनाशको रह्यो, न उनको प्रर्दशन । धेरैपछि घरेलु मैदानमा आयोजित डीपीएलमा भुवनले उत्कृष्ट पुनरागमन गरे । बाँया हाते स्पिनर उनले नेपालको प्रतिनिधित्व गर्दै उमेर समुहको प्रतियोगिता यु १५, यु १७, यु २१ खेलेका थिए । २०१५ मा राष्ट्रिय टोलीबाट समेत डेब्यु गरेका थिए । तर प्रदर्शन निरन्तर ओरोलो लागेपछि उनी घरेलु क्रिकेटबाट समेत बिस्तारै ओझेल पर्दै आएका थिए ।
डीपीएलको तेस्रो संस्करणमा उनीले फेरी आफ्नो जादु देखाउन सफल भए । उनी डीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा रहे । उनले ७ खेलमा १४ विकेट लिए । तर टिमलाई उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेले । उनलाई अत्तरियाले २ लाख १० हजारमा भित्राएको थियो । डीपीएलको प्रर्दशनसंगै उनले र।ाष्ट्रिय टिममा समेत दाबी प्रस्तुत गरेका छन् ।
सागर ढकाल :
ईपीएलको तेश्रो संस्करणमा चितवन टाइगर्सले ट्यालेण्ट हन्टबाट टोलीमा समावेश गरेको थियो सागर ढकाललाई । डीपीएलको अक्सनमा महेन्द्रनगर युनाईटेडले एक लाखमा उनलाई टोलीमा अनुबन्धन गर्न सफल भयो ।
पहिलो पटक डीपीएल खेलेका उनले राम्रो छाप छोड्न सफल भए । उनी डीपीएलमा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा रहे । उनले ६ खेलमा ११ विकेट लिए ।
ललित सिंह भण्डारी :
दोश्रो संस्करणको डीपीएलमा सर्वाधिक विकेट लिदै मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका उनले गोल्डेन बुट हात पारेका थिए । दोस्रो संस्करणमा समेत त्यही प्रर्दशनलाई निरन्तरता दिदै उनी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहे ।
उनले ६ खेलमा १४ विकेट लिन सफल रहे । भुवन कार्की भन्दा एक खेल कम खेलेका उनले समान विकेट हात पारे । भुवनको भन्दा कम ईकोनमी भएका कारण उनी शीर्ष स्थानमा परेका हुन् ।
बिक्रम शोब :
दाँया हाते तिब्र गतिका बलर बिक्रम घरेलु प्रतियोगितामा राम्रो गर्दै आईरहेका छन् । यस संस्करणको डीपीएलमा उनले रुपन्देहीबाट निकै राम्रो प्रदर्शन गरे । ६ खेलमा दुई पटक म्यान अफ दी म्याच घोषित भएका उनले ६ खेलमा १० विकेट हात पर्दै सर्वाधिक विकेट लिने खेलाडीको छैटौ स्थानमा रहे ।
भीम सार्की :
महेन्द्रनगरको खुल्लाचौरमा कसैले दिएको उपनाम ‘जोण्टि’ अर्थात भीम सार्कीले यस डीपीएलमा उत्कृष्ट प्रर्दशन गरे । फिल्डिङका बादशाह जोण्टि रोड्सको अगाडी भीमले उत्कृष्ट फिल्डिङको नमुना प्रस्तुत गरे ।
बिराटनगर किंग्गबिरुद्द हावामा डाईभ गर्दै गरेको क्याच र महेन्द्रनगरबिरुद्दको पिÞmल्डिङ दुवै सामाजिक संजालमा भाईरल भए । विश्व क्रिकेटको फिल्डिङमा क्रान्ति ल्याउन सफल जोण्टिले समेत भीमको तारिफ गरेका थिए ।