काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटको चौथो खेलमा नेपालले थाईल्याण्डसंग प्रतिस्पर्धामा उत्रिएको छ । बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजी मैदानमा हङकङकले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको छ ।
हङकङविरुद्ध नेपाल जित निकाल्ने योजनासहित मैदान उत्रनेएकाे छ । नेपाल हङकङलाई हराएर शीर्ष ३ टोलीविरुद्ध अंक बराबरी गर्ने लक्ष्यमा छ ।
नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल चौथो स्थानमा छ । अंकविहीन हङकङ पुछारबाट दोस्रोमा रहेको छ ।
बिहिबार भएको खेलमा नेपाल थाईल्याण्डसग ५७ रनले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष एक टोलीले ग्लोबल क्वालिफायर्समा स्थान बनाउने छ ।