एजेन्सी । भारत भ्रमणमा रहेको अस्ट्रेलियाले आज (आईतबार) पहिलो टि ट्वान्टी खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ सवाँ सात बजे राजशेखर रेड्डी रंगशालामा हुनेछ ।
विश्वकप नजिकिदै गर्दा दुवै देशले सिरिजलाई विश्वकप तयारीको रुपमा लिएका छन् । विश्वकप सुरु हुन सय दिन भन्दा कम समय बाँकी छ । गत बर्ष अस्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन म्याचको टी–ट्वान्टी सिरिज १/१ को बराबरी खेलेको थियो ।
तर चार म्याचको टेष्ट सिरिज र तीन म्याचको एकदिवसीय सिरिज समान २–१ ले जितेको थियो । भारत भ्रमणमा रहेको अस्ट्रेलियाले घरेलु टोलीसंग दुई टी–ट्वान्टी र ५ एकदिवसीय खेल्नेछ ।
भारतीय टिम बिराट कोहलीको कप्तानीमा मैदान उत्रनेछ । अस्ट्रेलियाको कप्तानी आरोन फिन्चले गर्नेछन् ।
भारतीय टिम : बिराट कोहली (कप्तान), जस्पित बुम्राहा, युजभेन्द्र चहाल, शिखर धवन, महेन्द्रसिंह धोनी, दिनेश कात्र्तिक, सिद्दार्थ कौल, मयाङ्क मार्खण्डे, कुर्नाल पाण्डेया, ऋषव पन्त, केएल राहुल, रोहित शर्मा र उमेश यादव ।
अस्ट्रेलिया टिम : आरोन फिन्च (कप्तान), जेसन ब्रेन्डअफ, एलेक्स केरी, नाथन नाइल, प्याट कमिन्स, पिटर ह्याण्ड्सकम्ब, उस्मान खवाजा, नाथन लायन, सेन मार्स, ग्लेन म्याक्सवेल, जे रिचर्डसन, केन रिचर्डसन, डेर्सी सट, मार्कस स्टोइनेस, एस्टन टर्नर र एडम जाम्पा ।