काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले आज हङकङसंग प्रतिस्पर्धा गर्दैछ ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा नेपाल र हङकङबीचको खेल अपरान्ह १२:४५ मा सुरु हुनेछ ।
हङकङविरुद्ध नेपाल जित निकाल्ने योजनासहित मैदान उत्रनेछ । नेपाल हङकङलाई हराएर शीर्ष ३ टोलीविरुद्ध अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ ।
नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । र, नेपाल चौथो स्थानमा छ । अंकविहीन हङकङ पुछारबाट दोस्रोमा रहेको छ ।
बिहिबार भएको खेलमा नेपाल थाईल्याण्डसग ५७ रनले पराजित भएको थियो । त्यसअघि आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।
राउण्ड रोबिनको आधारमा जारी छनोटको शीर्ष एक टोलीले ग्लोबल क्वालिफायर्समा स्थान बनाउने छ ।