एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले संघर्षपूर्ण जित निकालेको छ । शनिबार भएको खेलमा वायर्नले हेर्थ बिएससीलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा १० खेलाडीमा सिमित हेर्थविरुद्ध जित निकाल्न वायर्नका जाभी मार्टिनेजले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६२ औं मिनेटमा मार्टिनेजले निर्णयक गोल गरे ।
यस्तै खेलको ८४ औं मिनेटमा करिम रेकिकले रातो कार्ड पाएपछि हेर्थ १० खेलाडीमा समेटिएको थियो ।
जितसंगै साबिकको विजेता वायर्नले लिग लिडर बोरुसिया डर्टमण्डविरुद्ध अंक बराबर गरेको छ । दोस्रो स्थानको वायर्नले २३ खेलबाट ५१ अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्डको ५१ अंक नै रहेको छ ।
लिगको दशौं स्थानमा रहेको हेर्थको ३२ अंक छ ।