धनगढी । डीपीएल क्रिकेट च्याम्पियन सिवाईसी अत्तरियाका खेलाडी जय किशन कोल्शावालालाई धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटले कारबाही गरेको छ ।
फाप्ला क्रिकेट मैदानमा शनिबार महेन्द्रनगर युनाइटेडविरुद्धको फाइनल खेलमा आईसीसीको नियम उलंघन गरेको कारण डीपीएलले कोल्शावालालाई कारबाही गरेको जनाएको छ ।
डीपीएलले म्याच रेफ्री मोहमद साफीक (समीर खान) ले उपलब्ध गराएको रिपोर्टको आधारमा उनलाई कारबाही गरेको हो । कोल्शावालाले महेन्द्रनगरविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्ति जनाएका थिए ।
कारबाही स्वरुप डीपीएलले कोल्शावालालाई म्याच फिको ५० प्रतिशत रकम जरिवाना र ३ अंक घटाईएको जनाएको छ ।