काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले रहेको लाहोर क्वालेण्डर्स पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा पराजित भएको छ । शनिबार भएको खेलमा लाहोर क्वेटा ग्लाडियटर्ससंग ३ विकेटले पराजित भएको हो ।
युएईको सारजाहमा लाहोरले दिएको १४४ रनको लक्ष्य ग्लाडियटर्सले पुरै २० ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । ग्लाडियटर्सका लागि सर्फ्राज अहमेदले अविजित ५२ रन जोडे । यस्तै हसन अलीले ४० रन बनाए ।
लाहोरका हरिस राउफले २ विकेट लिए । सन्दीपले मध्यम प्रदर्शन गर्दै ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिए । सन्दीपले हसन अलीलाई ४० रनमा आउट गरेका थिए ।
यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको लाहोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४३ रन बनाउन सफल रह्यो । लाहोरका लागि एबी डिभिलार्सले अविजित सर्वाधिक ४५ रन बनाए ।
सोहिल अख्तरले २९, डेबिड विसले २०, कोरी एन्डर्सनले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका सन्दीपले ५ बल खेल्दै अविजित ५ रन बनाए ।
ग्लाडियटर्सका लागि गुल्लाम मुद्सले ३ विकेट हात पारे । सोहिल तान्भिरले २, मोहमद नवाज र अनवर अलीले समान १/१ विकेट हात पारे ।